करोडपति सुब्बा : श्रीमती र छोरी पनि प्रतिवादी
annapurnapost.com · Tue Nov 03 01:07:40 UTC 2026

काठमाडौं : मालपोत कार्यालय भक्तपुरका तत्कालीन नायब सुब्बा यदुनाथ आचार्यले साढे ९ करोडभन्दा बढी रकम भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको तथ्य बाहिर आएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ७२ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। अख्तियारले उनीसँगै उनका परिवारका सदस्य तथा अन्यलाई प्रतिवादी बनाएको छ। आचार्य खोटाङमा गाविस सचिव भई २०५४ माघ २ गते सुरु नियुक्ति पाएयता २०८० मंसिर २१ सम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)