मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

kendrabindu.com · Tue Nov 03 01:36:26 UTC 2026

काठमाडौं । अस्ट्रेलियाका अनुभवी अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३८ वर्षीय म्याक्सवेलले प्रथम श्रेणी र लिस्ट ए क्रिकेटबाट समेत बिदा लिने घोषणा गरेका हुन् ।

यद्यपि, उनी बिग बास लिग (बीबीएल)मा मेलबर्न स्टार्सबाट खेल्नेछन् । क्लबले उनको सम्झौता २०२७–२८ सिजनसम्मका लागि नवीकरण गरेको छ । म्याक्सवेलले गत वर्ष जुनमै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटबाट सन्यास लिएका थिए । तर, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उपलब्ध रहने निर्णय गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)