हरर फिल्म फेस्टिभलमा चलचित्र ‘नर’ उत्कृष्ट
gorkhapatraonline.com · Tue Nov 03 01:50:45 UTC 2026

काठमाडौँ, कात्तिक १७ गते । नेपाली चलचित्र ‘नर’ दोस्रो काठमाडौँ हरर फिल्म फेस्टिभल–२०२६ मा सर्वश्रेष्ठ लघुचलचित्र घोषित भएको छ । रसियन हाउस काठमाडौँमा भएको समापन समारोहमा १८ लघुचलचित्रमध्ये दर्शकको मतका आधारमा आकाश धिमालद्वारा निर्देशित लघुचलचित्र ‘नर’ उत्कृष्ट बनेको हो ।
यसै गरी नादिम ताबेतद्वारा निर्देशित ‘इन दी डार्कनेस आई सी यु’ दर्शकहरूकै मतका आधारमा उत्कृष्ट फिचर चलचित्र चुनियो । यो चलचित्र फ्रान्स, लेबनान, कतार र साउदी अरेबियाको संयुक्त प्रस्तुति हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)