बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर स्थानीय घाइते, दुई नाल बन्दुकसहित एक जना पक्राउ
ratopati.com · Tue Nov 03 01:56:03 UTC 2026

रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक स्थानीय व्यक्ति घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सोमबार साँझ करिब ६ः३५ बजे धर्मनगर निवासी ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर स्थानीय ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)