मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

युरोपमा अनौंठो साइबर आक्रमण : दर्जनौं सुपरमार्केटको फ्रिजको तापक्रम ५० डिग्री पुर्‍याउँदा करोडौंको क्षति

corporatenepal.com · Tue Nov 03 01:45:05 UTC 2026

काठमाडौं । युरोपका सात देशमा सञ्चालित दर्जनौँ सुपरमार्केट साइबर आक्रमणको चपेटामा परेका छन् । आक्रमणका कारण सुपरमार्केटमा राखिएका फ्रिज र फ्रिजरको तापक्रम अस्वाभाविकरूपमा बढेपछि ठूलो परिमाणमा खाद्यवस्तु नष्ट भएका छन् । बेल्जियम र लक्जेम्बर्गका डेलहाइजका करिब ४० वटा सुपरमार्केट प्रभावित भएका छन्। यसबाहेक स्विडेन, आयरल्यान्ड, नेदरल्यान्ड्स, इस्टोनिया र फिनल्यान्डका केही पसलमा पनि आक्रमणको प्रभाव परेको छ।

प्रभावित फ्रिजमध्ये केही निर्माण गरेको बेल्जियमको कम्पनी साबकोबेलका अनुसार आक्रमणकारीले फ्रिजका वाष्पीकरण उपकरण (इभापोरेटर) लाई पगाल्ने प्रक्रियामा राखेका थिए । यसका कारण फ्रिजको तापक्रम बढेको थियो। गत महिना फ्रान्सका सयौँ सुपरमार्केटमा भएको साइबर आक्रमणमा पनि यही तरिका अपनाइएको आशङ्का गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)