स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ
kendrabindu.com · Tue Nov 03 02:02:29 UTC 2026

रौतहट । रौतहट प्रहरीले भारतबाट मोटरसाइकलको सिटभित्र लुकाएर ल्याइएको १० लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई सोमबार पक्राउ गरेको छ ।
बौधिमाई नगरपालिका–७ स्थित बंकुल–नरकटिया सडकखण्डमा प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले बीआर ०५ एएफ ३७८७ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा सिटमुनि १० लाख नेपाली रुपैयाँसहित भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, घोडासहनका ३३ वर्षीय टुना दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी बसन्त गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)