अपाङ्गतामैत्री वातावरण
gorkhapatraonline.com · Tue Nov 03 02:22:07 UTC 2026

अपाङ्गता भएका व्यक्तिहरू (शारीरिक, दृष्टि, श्रवण, बौद्धिक, मनोसामाजिक, अटिजम तथा अन्य सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू) लाई जहाँ जस्तो अवस्थामा पनि आवश्यकता अनुसार सहयोगी, सहज, सुरक्षित, सम्मानजनक, समान रूपमा मित्रवत् हुनुलाई अपाङ्गतामैत्री भनिन्छ । यसको मूल अवधारणा व्यक्तिको कमजोरीभन्दा वातावरणले सिर्जना गर्ने अवरोध हटाई अपाङ्गताको विशेषता अनुसार मिल्न सक्ने हुनु हो । अपाङ्गतामैत्री वातावरण भन्नाले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले अरू सामान्य व्यक्तिसरह समान सेवा, सुविधा र अवसरलाई आफ्नो अनुकूल वातावरणमा प्रयोग गर्न सक्ने गरी बनाइएको व्यवस्था हो, जुन सबैका लागि पहुँचयोग्य, सुरक्षित, सम्मानजनक, समावेशी हुनुका साथै अपाङ्गताको प्रकृति र गम्भीरता अनुसार थप सुविधाजनक वातावरणसँग सम्बन्धित हुन्छ । त्यसका लागि घर, विद्यालय, बाटोघाटो, सार्वजनिक स्थलमा बस्न वा पुग्न सहज हुने र शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना, यातायात, सार्वजनिक सेवा तथा सामाजिक जीवनमा सहभागी हुन र त्यसबाट लाभान्वित हुन पहुँचयोग्य र समावेशीको मर्म अनुरूप व्यवस्थित भएको हुनु पर्छ । यहाँ यी दुई महत्वपूर्ण आधारयुक्त सर्तका बारेमा चर्चा गरिएको छ ।
पहुँच योग्यताका क्षेत्र
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)