मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमालको काखमा पर्यटनको उत्सव

annapurnapost.com · Tue Nov 03 02:21:55 UTC 2026

दार्चुला : प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र मौलिक संस्कृतिले भरिपूर्ण अपिहिमालमा आजदेखि तीनदिने ‘अपिहिमाल पर्यटन महोत्सव २०८३’ सुरु हुँदैछ। अपिहिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने यस महोत्सवले दार्चुलाको हिमाली पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने नगरपालिकाको अपेक्षा छ।

अपिहिमाल, कालीढुंगा, रिछार्दे र बयेली ताल, धर्मी गुफा, मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गम क्षेत्र, विशाल पाटन तथा धार्मिक र सांस्कृतिक सम्पदाले अपिहिमाललाई पर्यटकीय सम्भावनाको महत्त्वपूर्ण गन्तव्यका रूपमा चिनाएका छन्। यिनै सम्भावनालाई पर्यटनसँग जोडेर स्थानीय बासिन्दाको आयआर्जन र रोजगारी बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)