बर्सातले फूलखेतीमा क्षति
ratopati.com · Tue Nov 03 02:40:23 UTC 2026

चितवन । यही कात्तिक ११ गते देखि १४ गतेसम्म परेको वर्षाका कारण जिल्लामा लगाइएको फूलखेतीमा क्षति पुगेको छ । फक्रिसकेको फूलमा पानीका कारण क्षति पुगेको हो ।
भरतपुर महानगरपालिका–२६ का दीपक पाख्रिन आफूले लगाएको फूलखेतीमा हाल फुलेको ७० प्रतिशत फूल नोक्सान भएको बताउछन् । बजारमा पठाउन नपाउँदै पानी पर्दा फूलको हाँगा भाँचिने र चिसो फूल टिपेर पठाउँदा कालो हुने समस्या आएको उनले बताए । उनले अहिले दुई बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गरे। एक बिघा क्षेत्रफलमा फूलखेती गर्न रु एक लाख ५० हजारभन्दा बढी खर्च लाग्ने गरेको उनले बताए । उनले भने, “हिजोआजदेखि फूल टिपेर माला बनाएर स्टोरमा राख्ने भन्ने योजना भए पनि पानीका कारण सम्भव भएन ।” दसैँपछि टिपेर बजार पठाउनुपर्नेमा माग नभएपछि पठाइएको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)