पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा
onlinekhabar.com · Tue Nov 03 02:49:55 UTC 2026

१७ कात्तिक, गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।
पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)