पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा, मङ्सिरभित्र निर्माण सक्ने लक्ष्य
gorkhapatraonline.com · Tue Nov 03 03:00:27 UTC 2026

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।
पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । “सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि (डिएलपी) सुरु भइसकेको छ”, उहाँले भन्नुभयो, “डिएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)