मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानी शरणार्थी फिर्ता पठाउने योजनामा जिम्मेवार बन्न अमेरिकालाई तालिवानको आग्रह

kendrabindu.com · Tue Nov 03 03:02:56 UTC 2026

वासिङ्टन । तालिवान सरकारले अफगान आप्रवासीहरूलाई फिर्ता पठाउँदा (डिपपोर्ट गर्दा) जिम्मेवार रूपमा प्रस्तुत हुन अमेरिकालाई आग्रह गरेको छ। अफगान परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा वाशिङ्टनसँग रचनात्मक रूपमा सहकार्य गर्न काबुल तयार रहेको बताएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले केही अफगान आप्रवासीहरूलाई उनीहरुकै देश फिर्ता पठाउने योजना बनाएको छ। एक अमेरिकी अधिकारी र शरणार्थीका पक्षमा काम गरिरहेका अधिकारवादी समूहहरूको गठबन्धनले गत शुक्रबार यसको खुलासा गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)