मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोषका पदाधिकारी नियुक्तिमा सधैँ विवाद

gorkhapatraonline.com · Tue Nov 03 03:12:21 UTC 2026

रुपन्देही, कात्तिक १७ गते । पाँच महिनादेखि रिक्त रहेको लुम्बिनी विकास कोषको उपाध्यक्षमा सरकारले बौद्ध भिक्षुणी गायिका आनीछोइङ डोल्मालाई नियुक्त गरेपछि त्यसको विरोध भइरहेको छ । नियुक्तिको विरोध गर्ने स्थानीय अकरम खानलाई प्रहरीले गत मङ्गलबार पक्राउ गरेर केही घण्टापछि छाडेको थियो ।

लुम्बिनी बचाऊँ अभियान गठन गरेर विरोध अभियान चलाइरहेका खानलाई समाजमा शान्ति खलबल्याएको आरोपमा रुपन्देही प्रहरीले पक्राउ गरी आवश्यक छलफलपछि छाडेको प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)