बंगलादेशमा फेरि हिंसात्मक प्रदर्शन- १० लाख मजदुर सडकमा ओर्लिए
lokaantar.com

बंगलादेशको वस्त्र तथा कपडा (रेडीमेड गारमेन्ट) उद्योगमा आबद्ध करिब १० लाख मजदुरहरू आफ्नो न्यूनतम मासिक तलब वृद्धिको माग गर्दै सडकमा उत्रिएका छन्। राजधानी ढाकासहित देशका प्रमुख औद्योगिक क्षेत्रहरूमा भइरहेको प्रदर्शनका कारण ५२९ वटा फ्याक्ट्रीहरूमा पूर्ण रूपमा काम ठप्प भएको छ ।
बीबीसी बंगलाका अनुसार, गत आइतबार मात्रै देशका करिब ९ लाख ८७ हजार मजदुरहरू फ्याक्ट्रीमा काम गर्न गएनन्। आन्दोलनकारी मजदुरहरूले हालको १२ हजार ५०० टका रहेको मासिक न्यूनतम तलब बढाएर ३० हजार टका पुर्याउनुपर्ने मुख्य माग राखेका छन्। खानेकुरा, घरभाडा, यातायात र स्वास्थ्य सेवाको तीव्र महँगीले गर्दा आफ्नो क्रयशक्ति निकै घटेको मजदुरहरूको गुनासो छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)