मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायालयमा उठेका प्रश्नको जवाफ खोज्दै बार- चण्डेश्वर श्रेष्ठको नेतृत्वमा बन्यो अध्ययन समिति

lokaantar.com

नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । बारको कार्यसमिति, सल्लाहकार समितिसमेतको संयुक्त बैठकले न्यायपालिकासम्बन्धी समसामयिक अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।

पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरू उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य रहेका छन् । सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याललाई राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)