मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

corporatenepal.com · Tue Nov 03 03:27:48 UTC 2026

काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको ज्यान गएको र एक जना घाइते भएको पुष्टि गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डाइनेस्टी एयरका हेलिकोप्टर अवतरणका क्रममा ठोक्किएका हुन्। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्रारम्भिक जानकारीअनुसार दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)