३१ वर्षीय इनम सापकोटाको बयानले न्यायालयदेखि कांग्रेससम्म तरंग, ३ देखि १८ करोडसम्मको ‘सेटिङ’को दाबीमा को–को मुछिए?
barnanmedia.com · Tue Nov 03 03:38:39 UTC 2026

काठमाडौं । प्रहरी हिरासतमा रहेका ३१ वर्षीय इनम सापकोटाले दिएको भनिएको बयानले नेपालको न्यायिक, राजनीतिक तथा व्यावसायिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ। काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दादेखि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादसम्म करोडौँ रुपैयाँको कथित आर्थिक चलखेल भएको उनको बयानमा उल्लेख रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
सापकोटाको बयानअनुसार काठमाडौं जिल्ला अदालतमा विचाराधीन एउटा मुद्दा मिलाउन ३ करोड रुपैयाँको डिल भएको दाबी गरिएको छ। त्यस्तै, नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँसम्मको कारोबार भएको उनको भनाइ सार्वजनिक भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)