मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागढुंगा सुरुङमार्गमा टोल शुल्क उठाउन थालेपछि सवारी जाम बढ्यो (तस्बिरहरू)

ratopati.com · Tue Nov 03 03:58:48 UTC 2026

काठमाडौँ । काठमाडौँ भित्रन र बाहिरिन सहज हुने उद्घोषका साथ उद्घाटन गरिएको नागढुंगा सुरुङमार्गले यात्रु र सवारी चालकलाई अर्को झन्झट थपेकाे छ । निकै तामझाम सहित उद्घाटन गरिएको सुरुङमार्ग छिटो र सहज यात्राका लागि निर्माण गरिए पनि सडक उपभोग शुल्क (टोल ट्याक्स) तिर्न घण्टौँ लाइन बस्नुपर्दा समयको झन् बर्बादी भएको गुनासो यात्रु तथा चालकहरूले गर्न थालेका छन् ।

यही सातादेखि टोल उठाउन थालिएको भए पनि बैंकहरूले स्वचालित प्रणाली मार्फत शुल्क संकलन गर्ने गरी ‘एन–ट्याग’ प्रयोगमा नआउँदा झन्झटको सामना गर्दै आएका छन् । सडक बोर्ड नेपालको सर्भरमा प्राविधिक समस्या आएका कारण बैंकहरूबाट एन–ट्याग वितरण हुन नसकेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)