मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फिस्टेल एयरमा सवार भारतीय नागरिकको मृत्यु, न्यूजिल्याण्डका १ जना घाइते

annapurnapost.com · Tue Nov 03 03:59:12 UTC 2026

काठमाडौं : फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ। आज बिहान एयर डाइनेस्टीको 9N-AOD कलसाइन भएको हेलिकप्टर र फिष्टेल एयरको 9N-AJR कलसाइन भएको हेलिकप्टर एकापसमा ठोक्किँदा फिस्टर एयरमा सवार दुई विदेशी नागरिकमध्ये भारतीय नागरिकको मृत्यु भएको हो।

उक्त हेलिकोप्टरमा सवार न्यूजिल्याण्डका नागरिक भने घाइते भएका छन्। घाइतेको उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा ल्याउने तयारी भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)