मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्रीको फेक भिडियो पोस्ट गरेको भन्दै गोविन्द अधिकारी पक्राउ, कास्कीबाट समातेर गोरखा पुर्‍याइयो

ratopati.com · Tue Nov 03 04:05:05 UTC 2026

पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत गलत र भ्रामक सूचना फैलाएको भन्दै उनलाई पक्राउ गरिएको हो । उनलाई कास्कीबाट समातेर गोरखा लगिएको छ । गृहमन्त्री सुधन गुरुङको कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा भ्रामक भिडियो तथा सूचना सम्प्रेषण गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरीको दाबी छ ।

गोरखामा आयोजित कार्यक्रमलाई लक्षित गरी भ्रामक सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो । गृहमन्त्रीकै निर्देशनमा उनलाई पक्राउ गरिएको नेकपाको आरोप छ । कास्की प्रहरीका इन्स्पेक्टर दीपक रिजाल प्रक्रिया अनुसार नै पक्राउ गरेको बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)