मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पदयात्रा र मुस्ताङ भ्रमणका पर्यटकको विश्रामस्थल बन्दै भुरुङ्ग–तातोपानी

gorkhapatraonline.com · Tue Nov 03 03:52:45 UTC 2026

मुस्ताङ भ्रमण र अन्नपूर्ण पदयात्रामा निस्कने पर्यटकका लागि म्याग्दीको भुरुङ्ग–तातोपानी विश्रामको आकर्षक गन्तव्य बनेको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको छेउमै रहेको अन्नपूर्ण गाउँपालिका–२ को प्राकृतिक तातोपानी कुण्डमा दैनिक सयौँ पर्यटकले तातोपानीको पोखरीमा डुबुल्की मारेर यात्राको थकान मेटाउने गर्दछन् । पर्यटकीय सिजन सुरु भएकासँगै तातोपानीमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)