मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाँझो जमिनमा सामूहिक खेती

gorkhapatraonline.com · Tue Nov 03 04:17:22 UTC 2026

तनहुँ, कात्तिक १७ गते । सामुदायिक वन संरक्षणमा मात्र सीमित नराखी यसलाई कृषि उत्पादन, खाद्य सुरक्षा र स्थानीयको आय आर्जनसँग जोड्न सकिन्छ भन्ने उदाहरण तनहुँको एक उपभोक्ता समितिले प्रस्तुत गरेको छ । म्याग्दे गाउँपालिका–१, गुणादीस्थित वाराही सामुदायिक वन उपभोक्ता समितिले वनको आम्दानीबाट बाँझो खेत बन्धकीमा लिएर सामूहिक खेती गरिरहेको छ ।

बर्सौंदेखि उपयोगविहीन जमिनमा अहिले अन्न उत्पादन हुन थालेको छ । यसबाट जमिनको सदुपयोगसँगै किसानको खाद्य सुरक्षा र जीविकोपार्जनमा टेवा पुगेको छ । केही वर्षअघिसम्म वर्षभरि काम गर्दा पनि छाक टार्न कठिनाइ खेप्दै आएकी स्थानीय मञ्जु विकको अवस्था अहिले फेरिएको छ । घरमा अन्न भएपछि उहाँलाई परिवार पाल्ने चिन्ता छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)