कात्तिक १८ देखि २१ गतेसम्म राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप
ratopati.com · Tue Nov 03 04:20:13 UTC 2026
कास्की । पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ । गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा यही कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रङ्गशाला टेनिस कम्प्लेक्समा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट ४३ जना खेलाडी सहभागी हुँदैछन् ।
नेपाल टेनिस सङ्घको स्वीकृति तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा आठदेखि १८ वर्षमुनिका ‘गल्र्स’ तथा ‘ब्वाइज’ खेलाडीले विभिन्न उमेर समूहमा ‘सिङ्गल्स’ र ‘डबल्स’ विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)