मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपहिरो प्रभावितको तथ्याङ्क सङ्कलन

gorkhapatraonline.com · Tue Nov 03 04:24:02 UTC 2026

पर्वत, कात्तिक १७ गते । पर्वतमा बाढीपहिरोले बस्ती नै उजाडिएपछि विस्थापित बनेका परिवारको पुनर्स्थापनाका लागि पहल थालिएको छ । यहाँको जलजला गाउँपालिकाले क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन गरिरहेको छ ।

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा गएको पहिरोबाट क्षतिग्रस्त निजी आवासको विवरण सङ्कलन अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले वडा नं. १, २, ३, ४, ५, ६ र ९ मा स्थलगत निरीक्षण, विवरण सङ्कलन, क्षतिको मूल्याङ्कन र निस्सा वितरणको काम सकिएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)