पोखरामा भोलिदेखि राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप, ४३ खेलाडी सहभागी हुने
bishowkhabar.com · Tue Nov 03 04:20:07 UTC 2026
काठमाडौं – पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ । गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन हुने प्रतियोगितामा देशभरका ४३ खेलाडी सहभागी हुनेछन् ।
नेपाल टेनिस सङ्घको स्वीकृति तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा आठदेखि १८ वर्षमुनिका बालक तथा बालिका खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता संयोजक लोकबहादुर गुरुङका अनुसार यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहमा एकल तथा युगल विधाका खेल सञ्चालन हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)