तिहारको पर्खाइमा किसान
gorkhapatraonline.com · Tue Nov 03 04:42:52 UTC 2026

धनगढी, कात्तिक १७ गते । कैलालीमा पुष्प खेती गर्दै आएका किसानको बारीमा तिहारका लागि फूल तयार भएको छ । सिजन लागेसँगै किसानको बारीमा सयपत्री, मखमली फूल तयार भएको हो । तिहार नजिकिँदै गर्दा किसानको बारी सयपत्री, मखमलीले ढकमक्क छन् । बारीमा फूल तयार भएपछि किसान तिहारको पर्खाइमा छन् ।
बारीमा ढकमक्क फूल फुलिसकेको जनाउँदै टीकापुरका पुष्प कृषक सीताराम चौधरीले तिहारका लागि तयारीमा जुटेको बताउनुभयो । उहाँले भन्नुभयो, “फूल तयार भइसक्यो, अब तिहारको प्रतीक्षामा छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)