पहिरोले रुद्रबेणी–बुर्तिवाङ सडक अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र
bishowkhabar.com · Tue Nov 03 04:48:34 UTC 2026

काठमाडौं – पहिरो खसेपछि गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडक अवरुद्ध भएको छ । सत्यवती गाउँपालिका–४ खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदोसहित ठूलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि सडक पूर्ण रूपमा बन्द भएको हो ।
सडक अवरुद्ध भएपछि यस मार्ग भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् । चट्टान ठूलो भएकाले सामान्य उपकरणले हटाउन नसकिने र स्काभेटर तथा ब्रेकरको सहायताले फुटाउनुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)