मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरो खस्दा दुर्गन्ध, भएन अनुसन्धान

gorkhapatraonline.com · Tue Nov 03 04:53:48 UTC 2026

बैतडी, कात्तिक १७ गते । एउटा पहाड तीन दशकदेखि निरन्तर पहिरोको चपेटामा परेको छ । बर्खामा मात्रै होइन, हिउँदको सुक्खायाममा पनि यहाँको जमिन थामिँदैन । अचम्मको कुरा त के छ भने जब यहाँ पहिरो खस्छ तब वातावरणमा एउटा गन्धक (सल्फर) जस्तो कडा र नराम्रो दुर्गन्ध फैलिन्छ । ३१ वर्ष बितिसक्दा पनि यो दुर्गन्धको रहस्य सुल्झाउन कुनै वैज्ञानिक अनुसन्धान हुन सकेको छैन ।

पुर्चौडी नगरपालिका–८ स्थित कमेरपानी र लामुनीको डाँडो आजभोलि एउटा यस्तो रहस्य बनेको छ जसले स्थानीयलाई त्रासमा मात्र राखेको छैन कौतूहल पनि जगाएको छ । २०५२ सालमा खसेको ठुलो पहिरोले एकै पटकमा ४० परिवारको घरखेत बगाएर सुकुमवासी बनाइदिएको थियो । बर्खासँगै पहिरोको आकार झन् फैलिँदै गएको छ । यही वर्षको भदौ २९ गते पहिरो खस्दा स्थानीयका दर्जनौँ घर पहिरोको उच्च जोखिममा परे ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)