नदी नियन्त्रणमा पहिलो त्रैमासिकको भौतिक प्रगति ३४.९ प्रतिशत, खर्च २३.४ प्रतिशत
bishowkhabar.com · Tue Nov 03 04:56:07 UTC 2026

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव ९ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ । तर, सोही अवधिमा विनियोजित त्रैमासिक बजेटको २३ दशमलव ४ प्रतिशत मात्र खर्च भएको छ ।
मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार नदी नियन्त्रण कार्यक्रमका लागि चालु आर्थिक वर्षमा पाँच अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)