मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोलुखुम्बु हेलिकोप्टर दुर्घटना : मृतक र घाइते विदेशी नागरिकको पहिचान खुल्यो

lokaantar.com

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा आज बिहान दुईवटा हेलिकोप्टर ठोक्किँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। मृत्यु हुनेमा ४७ वर्षीय भारतीय नागरिक बसन्तकुमार बालारामाडु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार दुर्घटनामा परी अर्का एक यात्रु घाइते भएका छन्। घाइते हुनेमा शैलेस किसन पट्टेल रहेका छन्। उनी भारतीय मूलका नागरिक भए पनि उनको साथबाट न्युजिल्यान्डको राहदानी (पासपोर्ट) फेला परेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)