दुई स्थानीय तहबाट प्रशासन सेवा
gorkhapatraonline.com · Tue Nov 03 05:00:35 UTC 2026

कञ्चनपुर, कात्तिक १७ गते । कञ्चनपुरको दुई स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएको छ ।
पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाले भूमि प्रशासनसम्बन्धी सेवा पालिकाबाटै दिन थालेका हुन् । दुवै पालिका जिल्लाको दक्षिणी क्षेत्रमा पर्छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधानले स्थानीय तहलाई दिएको घरजग्गा धनी लालपुर्जा वितरणसम्बन्धीको एकल अधिकार कार्यान्वयनमा ल्याएको स्थानीय तहको भनाइ छ । पुनर्वास नगरपालिकाका मेयर तोयाप्रसाद शर्माले पालिकाबाटै भूमिसम्बन्धी सेवा सुचारु गरिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)