मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एउटै कार्यालयमा तीन वर्ष बसेका कर्मचारीको अनिवार्य सरुवा

gorkhapatraonline.com · Tue Nov 03 05:04:04 UTC 2026

मकवानपुर, कात्तिक १७ गते । बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीको सरुवा तथा पदस्थापनलाई व्यवस्थित, पारदर्शी बनाउन नयाँ मापदण्ड जारी गरेको छ । नयाँ मापदण्ड अनुसार एउटै कार्यालयमा लगातार तीन वर्ष वा सोभन्दा बढी समय सेवा गरेका कर्मचारीलाई अनिवार्य रूपमा अन्य कार्यालयमा सरुवा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १३६ ले दिएको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ‘प्रदेश कर्मचारीको सरुवा तथा पदस्थापनसम्बन्धी मापदण्ड, २०८३’ जारी गरेको हो । कार्यालयले कात्तिक १२ गते मापदण्ड स्वीकृत गरेको हो । बर्सौंसम्म एउटै कार्यालय वा सुगम क्षेत्रमा बसिरहने प्रवृत्ति रोक्न तथा सरुवा प्रव्रिmयालाई मनपरी हुन नदिन मापदण्डमा विभिन्न व्यवस्था गरिएको छ । लगातार दुई वर्ष वा सोभन्दा बढी समय कार्यालय प्रमुखको जिम्मेवारी समालेका कर्मचारीलाई अन्यत्र सरुवा गर्न प्राथमिकता दिइने मापदण्डमा उल्लेख छ । त्यस्तै पछिल्लो पाँच वर्षको अवधिमा एउटै कार्यालयमा तीन वर्ष सेवा गरिसकेका कर्मचारीलाई पनि प्राथमिकताका आधारमा अन्यत्र सरुवा गरिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)