जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर
nepalpress.com · Tue Nov 03 05:16:38 UTC 2026

काठमाडौं । देशभरका उपभोक्तालाई जुनसुकै कम्पनीको खाना पकाउने एलपी ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता विमल पोखरेलले उक्त रिट दायर गरेका हुन्।
रिटमा खाना पकाउने ग्यासको कृत्रिम अभाव, कालोबजारी र सिलिन्डर साट्दा उपभोक्ताले भोग्नुपरेको हैरानी अन्त्य गर्न जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को जुनसुकै कम्पनीको सिलिन्डर लिन पाउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)