मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यावधि चुनावअघि अमेरिकाले गर्यो इरानको क्वेसम टापुमा आक्रमण

arthasansar.com · Tue Nov 03 05:16:27 UTC 2026

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफू इरानमाथि आक्रमण तीव्र पार्न हतारमा नरहेको बताएका छन्। समाचार एजेन्सी एक्सियोससँग कुरा गर्दै ट्रम्पले भने, ‘हामी कुनै न कुनै तरिकाले कारबाही गर्नेछौँ। तर, अहिले कुनै हतार छैन। हामीले उनीहरुलाई आर्थिक रुपमा पूर्ण तबरले कमजोर पारेका छौँ।’

ट्रम्पका अनुसार इरानसँग न त पैसा छ न त पेट्रोल छ। उनले इरानी जनता पनि वर्तमान अवस्थाबाट दिक्क भइसकेको दाबी गरे। सोमबार वासिंगटन डीसीमा एक कार्यक्रममा ट्रम्पलाई अमेरिकी मध्यावधि चुनावपछि इरानमाथि आक्रमण पुनः सुरु गर्ने हो कि भनेर सोधिएको थियो। उनले स्पष्ट ‘होइन’ जबाफ दिए।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)