केशम टापुमा अमेरिकी आक्रमण
gorkhapatraonline.com · Tue Nov 03 05:23:53 UTC 2026

इरानसँग आठ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न वार्तामा प्रगति भइरहेको सङ्केत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले सोमबार इरानको केशम टापुमा आक्रमण गरेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
जर्नलले नाम नखुलाइएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै हर्मुज जलघाँटीको सबैभन्दा ठूलो टापु केशममा गरिएको आक्रमण पछिल्ला साताहरूमा अमेरिकाले इरानविरुद्ध गोप्य रूपमा गर्दै आएका सीमित आक्रमणको शृङ्खलामध्येको पछिल्लो घटना भएको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)