हेलिकप्टर दुर्घटनामा घाइते दुई जनालाई काठमाडौं ल्याइयो, मेडिसिटी अस्पताल भर्ना
barnanmedia.com · Tue Nov 03 05:19:53 UTC 2026

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन् । दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको तामाङले नेपाल न्युज बैंकलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)