भदौ २६ यता २१ करोड कलेक्सन गरेका दयाहाङ के भन्छन् ?
baahrakhari.com · Tue Nov 03 05:33:48 UTC 2026

काठमाडौं । अभिनेता दयाहाङ राईले बक्सअफिसमा सिनेमा सफल हुनु सिनेमा उद्योगकै लागि राम्रो भएको बताएका छन् । बक्सअफिसमा सिनेमा सफल हुँदा समग्र सिनेमा उद्योग नै चलायमान हुने उनको भनाइ छ ।
चलचित्र व्यवसायिक रूपमा सफल हुँदा यसले निर्माताको सिनेमाप्रतिको लगाव बढाउने उनको तर्क छ । “सिनेमा सफल हुँदा निर्मातालाई पनि सिनेमाप्रति लगानी बढाउन थप प्रेरित गर्छ,” दयाहाङ बाह्रखरीसँग भन्छन्, “कलाकार र निर्मातालाई व्यवसायिक सफलताले रि–इनरजाइज गर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)