मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लिमीवासीलाई खाद्यान्नको चिन्ता

gorkhapatraonline.com · Tue Nov 03 05:37:52 UTC 2026

हुम्ला, कात्तिक १७ गते । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटा बस्तीका स्थानीयवासीलाई यस वर्ष हिउँदमा खाद्यान्न समस्या हुने चिन्ता थपिएको छ । हिउँदका छ महिनाका लागि बेलैमा खाद्यान्न व्यवस्था गर्न नपाउँदै हिमपात भएर लिमी आउने दुई वटै नाका बन्द भएका कारण लिमीका स्थानीयलाई खाद्यान्न समस्या हुने चिन्ता भएको हो ।

लिमीको तिल बस्तीका छिङसोनाम लामाले यस वर्ष हिउँदमा खाद्यान्न समस्या हुने सङ्केत अहिले नै देखा पर्न थालेको बताउनुभयो । उहाँका अनुसार विशेष गरी गाउँवासीले चीनको ताक्लाकोटबाट खाद्यान्नलगायतका सामान छ महिनाका लागि ल्याएर मौज्दात गर्न नपाउँदै भारी हिमपातले गाउँ प्रवेश गर्ने सडक बन्द हुँदा एक महिनाभन्दा बढी समययता केही सामान ल्याउन नसकिएको बताउनुभयो । गाउँवासीले लगाएका कात्तिके बाली उवा, फापर, नाफ, केराउ पाकेर थन्क्याउने बेला हिमपातले क्षति पुर्‍याएपछि त्यो पनि भित्र्याउन नसकिएको दुःखेसो उहाँको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)