मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्सातले फूलखेतीमा क्षति

reportersnepal.com · Tue Nov 03 05:44:02 UTC 2026

चितवन, १७ कात्तिक । यही कात्तिक ११ गते देखि १४ गतेसम्म परेको वर्षाका कारण जिल्लामा लगाइएको फूलखेतीमा क्षति पुगेको छ । फक्रिसकेको फूलमा पानीका कारण क्षति पुगेको हो ।

भरतपुर महानगरपालिका–२६ का दीपक पाख्रिन आफूले लगाएको फूलखेतीमा हाल फुलेको ७० प्रतिशत फूल नोक्सान भएको बताउँछन् । बजारमा पठाउन नपाउँदै पानी पर्दा फूलको हाँगा भाँचिने र चिसो फूल टिपेर पठाउँदा कालो हुने समस्या आएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)