कर्णालीको खेलकुद गौरव बन्दै प्रदेश रंगशाला
nepalviews.com · Tue Nov 03 05:47:48 UTC 2026
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रंगशाला अहिले कर्णालीको खेलकुद गौरव र पहिचानको नयाँ आधार बनेको छ । आधुनिक खेल पूर्वाधारसहित निर्माण गरिएको यस रंगशालाले कर्णालीलाई राष्ट्रिय खेलकुदको महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको मुख्यमन्त्री मंगलबहादुर शाहीले बताए ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थलका रूपमा रहेको प्रदेश रंगशाला करिब १० हजार दर्शक अट्ने क्षमताको छ । प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिएको रंगशालामा फुटबल मैदान, एथलेटिक्स ट्र्याक, पौडी पोखरी, कभर्ड हललगायत विभिन्न खेलका पूर्वाधार तयार गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)