मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

reportersnepal.com · Tue Nov 03 05:53:20 UTC 2026

घोराही (दाङ), १७ कात्तिक । दाङ लमही नगरपालिका–५ कोलहीमा बस्दै आएकी वसन्ता गिरी आजभोलि तिहारका लागि सिन्कामारी रोटी बेच्न व्यस्त छिन्। उनले विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर सिन्कामारीको व्यवसाय गर्दै आएको बताइन्।

गुराँस सिन्कामारी उद्योगमार्फत व्यवसाय गर्दै आएका उनलाई विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी बेच्न आजभोलि भ्याइनभ्याइ भएको छ । उनले बनाएको सिन्कामारी अहिले लमही बजारसँगै नजिकका गाउँहरुमा बिक्री हुने गरेको छ । उनले धेरैजसो घरबाट नै बिक्री गर्दै आएका छन् । तिहारको समय र बिहेको सिजनमा बढी बिक्री हुने गरेको उनको भनाइ रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)