पत्रकार पक्राउ घटनाबारे मानव अधिकार आयोगले नेपाल प्रेससँग लियो विस्तृत जानकारी (भिडिओ)
nepalpress.com · Tue Nov 03 05:49:59 UTC 2026

काठमाडौं । समाचार कक्षबाटै पत्रकार पक्राउ गरेको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले चासो लिएको छ । आज बिहान आयोगको टोली नेपाल प्रेस को कार्यालय आएर घटनाको विस्तृत जानकारी लिएको छ ।
आयोगका मानव अधिकार अधिकृत खिमानन्द बस्यालसहितको टोलीले स्थलगत अनुगमन गर्दै घटनाको विस्तृत विवरण लिएको हो । सो क्रममा पक्राउ परेका पत्रकार सुवेदीका साथै नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल, प्रधानसम्पादक मात्रिका पौडेल, सम्पादक चिरञ्जीवी पौडेलगायतले शुक्रबार साँझदेखि भएका घटनाक्रमबारे आयोगको टोलीलाई जानकारी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)