मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

sutranews.com · Tue Nov 03 05:59:56 UTC 2026

काठमाडौं । काठमाडौँको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुन्दरीजलमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा सुनसरी इटहरी नगरपालिका७ का ४५ वर्षीय सन्तोष ढुङ्गानाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार सोममबार राति सुन्दरीजलबाट नाम्गेलतर्फ जाँदै गरेको बाप्र ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । बाप्र ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकलमा ढुङ्गानाको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)