मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालले स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ: प्रदीप ज्ञवाली

hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026

काठमाडौँ। नेकपा (एमाले) का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र छिमेकीको विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौँमा ‘फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल’ र ‘नेपाल-चाइना फ्राइन्डसीप फोरम’ ले संयुक्त रूपमा आयोजना गरेको सेमिनारमा बोल्दै नेता ज्ञवालीले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्दै असंलग्नता र पञ्चशीलको सिद्धान्तका आधारमा सम्बन्ध सञ्चालन गर्नुपर्ने बताए। भगवान् गौतम बुद्धको मध्यम मार्गले समेत नेपालको परराष्ट्र नीतिलाई प्रभाव पारेको उल्लेख गर्दै उनले कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूह वा अतिवादी धारमा नलाग्न सुझाव दिए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)