मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अस्ट्रेलियाका म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

baahrakhari.com · Tue Nov 03 06:11:50 UTC 2026

काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेको जनाएको हो ।

मंगलबार द फाइनल वर्ल्ड पोडकास्टले सार्वजनिक गरेको भिडियो सामग्री (एपीएसोड)मा उक्त खुलासा गरेको रोयटर्सले जनाएको हो । “म अन्तर्राष्ट्रिय क्रिकेटसँगै घरेलु क्रिकेटमा भिक्टोरियबाट पनि सन्न्यासको घोषणा गर्नेछु । र, टेस्ट क्रिकेटबाट पनि पूर्ण रूपमा सन्न्यास लिनेछु । यो धेरै उपयुक्त समय जस्तो लाग्छ । यो समयमा करियरमा खेल्न बाँकी प्रतियोगिता खेल्न स्वथ्य हुन शारीरिक अवस्थामा ध्यान दिनुपर्नेछ,” म्याक्सवेलको भनाइ उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)