खैरहनीमा ८७ किसानलाई तोरीको मूल बीउ वितरण
khabarhub.com · Tue Nov 03 06:34:38 UTC 2026

नारायणगढ – खैरहनी नगरपालिकामा तोरीको गुणस्तरीय बीउ उत्पादन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ८७ जना किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ वितरण गरिएको छ ।
जलवायु उत्थानशील खाद्यबालीको प्रदर्शन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को आर्थिक सहयोग तथा खैरहनी नगरपालिकाको समन्वय, सहकार्य र प्राविधिक सहयोगमा ‘प्रीति’ जातको तोरीको मूल बीउ वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)