मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अहिलेको राजनीतिमा चेतनाको सङ्कट र असमान प्रभुत्वको संरचना

nepalpress.com · Tue Nov 03 06:36:38 UTC 2026

कुनै पनि समाजको गहिरो रूपान्तरण केवल सत्ता परिवर्तनबाट सम्भव हुँदैन। व्यवस्था बदलिन सक्छ, सरकार बदलिन सक्छ, नेतृत्व बदलिन सक्छ तर सोच, संस्कार र व्यवहार उस्तै रह्यो भने समाजको वास्तविक रूपान्तरण सम्भव हुँदैन। यो सत्य नेपालको राजनीतिक इतिहासले बारम्बार पुष्टि गरेको छ । २००७ सालदेखि २०६२/६३ को आन्दोलनसम्म, संविधानसभाबाट नयाँ संविधानसम्म-प्रत्येक ठूलो राजनीतिक घटनाक्रमले आशा जगाएको छ, तर त्यो आशा बारम्बार निराशासँग टक्कर खाएको छ ।

कारण सरल छ : राजनीतिक परिवर्तनले सत्ता बदल्न सक्छ । तर चेतनाको परिवर्तनले मात्र समाज बदल्छ । नेपालको राजनीतिलाई केवल वाम, मध्यपन्थी र दक्षिणपन्थी धारबीचको प्रतिस्पर्धाको रूपमा बुझ्नु अपूर्ण हुन्छ । यसलाई बुझ्न असमान राजनीतिक प्रभुत्वको अवधारणा आवश्यक छ । राजनीतिक मैदान सबैका लागि खुला देखिन्छ । संविधानले सबैलाई समान अधिकार दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)