मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आर्य फार्माल्याब एनपीएलको स्वास्थ्य साझेदार, क्यानसँग तीनवर्षे सहकार्य

lokaantar.com

स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान)सँग नेपाल प्रिमियर लिग (एनपीएल)को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ । सहकार्यको उद्देश्य क्रिकेटमार्फत् स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने कंम्पनीले लक्ष्य राखेको छ ।

आफ्नो ३० वर्षे यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै आर्य फार्माल्याबले एनपीएलको माध्यमबाट आम नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)