इन्जिनियरिङ बिमा दाबीमा १० प्रतिशत बढी रकम काट्न नपाइने, १ करोडमाथिका आयोजनामा स्थलगत निरीक्षण अनिवार्य
clickmandu.com · Tue Nov 03 06:45:36 UTC 2026

काठमाडौं । निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बिमामा बिमकले दाबी भुक्तानी गर्दा बिमितबाट कट्टा गर्न पाउने अनिवार्य अधिक रकम (एक्सेस) मा सीमा तोकिने भएको छ । नेपाल बिमा प्राधिकरणले अब इन्जिनियरिङ बिमाअन्तर्गत दाबी भुक्तानी गर्न योग्य रकमको बढीमा १० प्रतिशतसम्म मात्र अधिक रकम कट्टा गर्न पाइने व्यवस्था गर्न लागेको हो ।
यस व्यवस्थाले बिमा दाबी फर्स्योटका क्रममा बिमकले मनोमानी ढंगले ठूलो रकम कट्टा गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी बिमितलाई राहत दिने अपेक्षा गरिएको छ । बिमक र बिमितबीचको आपसी समझदारीमै अधिक रकम निर्धारण गर्नुपर्ने भए पनि त्यसको अधिकतम सीमा दाबी भुक्तानीयोग्य रकमको १० प्रतिशतभन्दा बढी हुन पाउने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)