मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी मध्यावधि निर्वाचन : कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

khabarhub.com · Tue Nov 03 06:54:42 UTC 2026

वासिङ्टन – अमेरिकामा कङ्ग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मङ्गलबार मध्यावधि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको राजनीतिक दिशा र आगामी शक्ति सन्तुलन निर्धारण गर्ने भएकाले यस निर्वाचनलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

निर्वाचनमा रिपब्लिकन पार्टी आफ्नो बहुमत जोगाउने रणनीतिमा छ भने डेमोक्रेटिक पार्टी कङ्ग्रेसका दुवै सदनमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयासमा छ । विशेषगरी टेक्सास, जर्जिया, मिशिगन र मेनलगायत राज्यमा सिनेटका महत्त्वपूर्ण सिटका लागि कडा प्रतिस्पर्धा देखिएको छ । खुला सिट र प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रका कारण नौ राज्यको परिणामलाई चासोका साथ हेरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)